
४ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेक पारित गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।
बिहीबार बिहान ८ बजेका लागि समितिको बैठक बोलाइएको छ । उपसमितिको प्रतिवेदन अध्ययनको लागि सांसदहरूलाई दुई दिनको समय दिइएको थियो ।
सांसदहरूले अध्ययन गरेपछि समितिको बैठक बोलाइएको हो । विधेयकमा शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् ।
निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवासीय सुविधा र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द नराख्न दबाब दिएका छन् ।
तर समितिका सदस्यहरू छात्रवृत्तिमा आवसीय सुविधा राख्नुपर्ने पक्षमा छन् । प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरेर दुई वटा बुँदा नहटाए ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शिक्षक महासंघले पनि भदौ दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघले ५ भदौमा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनबारे धारणा सार्वजनिक गर्ने जनाएको छ ।
शिक्षक महासंघले आवधिक बढुवा, अस्थायी प्रकृतिका शिक्षक, कर्मचारी, ईसीडी लगायतमा सहमति अनुसार नभएको बताउँदै आएको छ ।
प्रतिक्रिया 4