+
+
Shares

विद्यालय शिक्षा विधेयकमा सहमतिको प्रयास जारी, निजी विद्यालय सञ्चालक आन्दोलनमा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ९:०८
आन्दोलनको घोषणा गर्दै प्याब्सन/एनप्याब्सन ।

५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरु भने आन्दोलनमा उत्रिएका छन् ।

निजी विद्यालयहरुका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै आज बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जारी बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने तयारी गरिएको छ ।

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा विवाद छ । सो व्यवस्था सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी विद्यालयहरुलाई क्रमश: गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको छ । शिक्षामन्त्री रघुजी पन्तले २.५० प्रतिशत विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने प्रस्ताव गरेका छन् । कतिपय सांसदहरुले १० प्रतिशतलाई आवास सुविधा हुनुपर्ने धारणा राखेका छन् ।

केही सांसदहरुले निश्चित अवधि तोकेर निजी विद्यालयलाई गैरनाफामुलक गुठीमा लैजानुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए । तर समितिले वर्ष नतोकि क्रमश: गैरनाफामुलक बनाउँदै लैजाने भन्नेमा सहमति जुटाएको छ ।

निजी विद्यालय सन्चालकहरुले भने कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग राखेका छन् ।

मागहरु सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?