+
+
Shares

बौद्धिक परिषद्ले भन्यो : लिपुलेकमा भारतको दाबीमाथि चीन बोल्नुपर्छ

नेपाल सरकारले भारतलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको अवगत गराइसकेको जनाउँदै सडक विस्तार तथा सीमा व्यापार जस्ता  कुनै पनि क्रियाकलाप नगर्न भारतलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बौद्धिक परिषद्ले भारत र चीनले नेपाली भू–भाग प्रयोग गरेर सीमा व्यापार गर्ने सहमति गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
  • नेपाल सरकारले भारतलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको अवगत गराइसकेको छ।
  • परिषद्ले नेपाल-भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरेको छ।

५ भदौ, काठमाडौं । भारत र चीनले नेपाली भू–भाग प्रयोग गरेर सीमा व्यापार गर्ने सहमति गरेकोप्रति नेपाल बौद्धिक परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ ।

हालै चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको वार्तामा नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक सीमालाई प्रयोग गरेर व्यापार पुन: सञ्चालन गर्ने सहमति गरेका थिए ।

नेपाल सरकारले भारतलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको अवगत गराइसकेको जनाउँदै सडक विस्तार तथा सीमा व्यापार जस्ता  कुनै पनि क्रियाकलाप नगर्न भारतलाई आग्रह गरेको छ ।

लिपुलेक क्षेत्रका विषयमा नेपालले चीनलाई समेत जानकारी गराइसकेको अवस्थामा भारतले बुधबार जारी गरेको वक्तव्यबारे चीन सरकारले  आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने परिषद्को माग छ ।

साथै नेपाल-भारतबीचको सदियौंदेखिको घनिष्ठ र मैत्रिपूर्ण सम्बन्धको सान्दर्भिकतालाई मनन गर्दै सीमा विवाद कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न नेपाल सरकार र भारत सरकारलाई परिषद्को आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?