
News Summary
Generated by OK AI. Editorially reviewed.- अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर सडक बिहीबार बिहान १० बजे अवरुद्ध भएको थियो।
- पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएका थिए र अहिले एकतर्फी यातायात संचालनमा आएको छ।
- जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले ढुंगा झर्न रोकिएपछि दुईतर्फी यातायात सुचारु गरिने र वैकल्पिक यात्रा गर्न अनुरोध गरेको बताए।
५ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।
धुलिखेल नगरपालिका–८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएका थिए । अहिले एकतर्फी यातायात संचालनमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।
उनका अनुसार ढुंगा झर्न रोकिएपछि राजमार्गमा दुईतर्फी नै यातायात सुचारु गरिनेछ । सडकको अवस्था बुझेर वैकल्पिक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
सडक अवरुद्ध हूँदा काठमाडौबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका आउने सवारी रोकिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4