+
+
Shares

‘जारी २’सँग मिलेर झुमा लिम्बुले ‘रैथाने घुमफिर २०८२’ टूर गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका झुमा लिम्बुले 'रैथाने घुमफिर २०८२ नेपाल टूर' लिएर मुलुकका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्ने बताइन्।
  • टूरले लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायत सांगीतिक प्रस्तुति गर्ने जानकारी दिइएको छ।
  • असोज ३ गतेदेखि प्रदर्शन हुने फिल्म 'जारी : सङ अफ च्याब्रुङ' टिमसँग सहकार्य गरेर सांस्कृतिक मूल्यलाई व्यापक दर्शक–श्रोतासम्म लैजाने योजना गरिएको छ।

काठमाडौं । गायिका झुमा लिम्बु ‘रैथाने घुमफिर २०८२ नेपाल टूर’ लिएर देश दौडाहा निस्किने भएकी छन् ।

मुलुकका विभिन्न स्थानका रैथानेसँगको सांगीतिक सहकार्यमा उक्त टूर आयोजना हुन लागेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायत सङ्गीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ ।

‘लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बुले बताइन् ।

‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुयार्‍उने आशा लिएका छौं । ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन् ।

यसैक्रममा, असोज ३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी : सङ अफ च्याब्रुङसँग टिमले सहकार्यको घोषणा गरेको छ । फिल्म र संगीत यात्राबीचको समन्वयले लोकसंगीत र सांस्कृतिक मूल्यलाई व्यापक रूपमा दर्शक–श्रोता माझ लैजाने अपेक्षा लिइएको छ ।

“रैथाने घुमफिर २०८२“ नेपाल टुरले नेपालभरका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्नेछ । हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ ।

पहिलो कार्यक्रम भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा बेलुका ७ बजे आयोजना हुने जनाइएको छ । टूरका अन्य कार्यक्रम क्रमशः सार्वजनिक हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?