+
+
Shares

त्रिविमा सुरक्षा थ्रेट : शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाललाई पनि पीएसओ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १४:०२
फाइल तस्वीर

५ भदौ, काठमाडौ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाललाई पनि पीएसओ खटाइएको छ । पछिल्लो समय सुरक्षा चुनौती बढेपछि विश्वविद्यालयले सुरक्षा मागेको थियो । बुधबार (हिजो) देखि पीएसओ खटाइएको हो ।

‘थ्रेट आएपछि विश्वविद्यालयले नै सुरक्षा मागेको हो । हिजोदेखि शिक्षाध्यक्ष र रजिस्ट्रार सरलाई पीएसओ खटाइएको छ,’ त्रिवि स्रोतले भन्यो ।

रजिस्ट्रार रिजाल र रेक्टर केसी लामोसमयदेखि कार्यकक्षमा बसेर काम गर्न पाएका छैनन् । केही दिन अघि रजिस्ट्रार रिजाल कार्यकक्षमा गएका थिए तर विद्यार्थीहरूले तोडफोड र धम्की दिएपछि गएका थिएनन् ।

सरकारले पLएसओ दिएपछि बिहीबार रजिस्ट्रार रिजाल कार्यक्षमा गएका थिए । तर रजिस्ट्रार कार्यालयका कर्मचारीका अनुसार कार्यालयमा किन आएको भन्दै संगठनका विद्यार्थीबाट धम्की आएको छ ।

रेक्टर केसी भने हाल उपत्यकाबाहिर छन् । यसअघि सुरक्षा थ्रेट बढेपछि उपकुलपतिलाई पीएसओ दिइँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?