
५ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोकेको विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको बताएका छन् ।
बिहीबार काठमाडौंको थापागाउँमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोखरेलले यस्तो बताएका हुन् ।
‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नुभएको थियो’ पोखरेलले सम्झिए, ‘त्यसबेलादेखि नै मदन भण्डारी फाउण्डेशन जोडिंदै आयो । उहाँको सामीप्यता पाएर फाउण्डेशनले महत्त्वपूर्ण भूमिका खेल्दै आयो ।’
उनले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादको विचार कुनै मौसमी र चटके हिसाबले नआएको जिकिर गरे ।
‘कुनै तत्कालका लागि मौसमी हिसाबले ल्याइएको, चटके हिसाबले ल्याइएको कुरा मात्रै होइन । त्यसको गहन पृष्ठभूमि छ’, पोखरेलले भनेका छन् ।
कसैलाई लागेर सूत्रबद्ध हिसाबले मात्रै ल्याइएको रुपमा नआएको बताए ।
‘यो विचारलाई क्षतिग्रस्त बनाउने हिसाबले कुरा उठ्न सक्छन् । यो कार्यालय मदन भण्डारी फाउन्डेशनले गर्ने गतिविधिको हिसाबमा ख्याल गर्नुपर्छ ।’
उनले मदन भण्डारी ७५ औं जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको पनि बताए ।
प्रतिक्रिया 4