+
+
Shares

नाडामा टाटा : नयाँ ईभी, नयाँ सफारी, नयाँ अफर

टाटाको स्टलमा पेट्रोल गाडीदेखि अत्याधुनिक डिजाइनका ईभीसम्म प्रदर्शनमा राखिएको छ, जसले नेपाली बजारमा आफ्नो पकड थप बलियो बनाउने संकेत दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाटा मोटर्सले नाडा अटो शो २०२५ मा नयाँ विद्युतीय र पेट्रोल गाडीका मोडेलहरू प्रदर्शन गर्दै नेपाली बजारमा आफ्नो पकड बलियो बनाउने संकेत दिएको छ।
  • टाटा मोटर्सले नाडा अटो शोमा नयाँ टाटा सफारी र कर्भ ईभी सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ, जसमा अत्याधुनिक सुरक्षा र प्रविधि फिचरहरू छन्।
  • टाटा मोटर्सले नाडा अटो शोका लागि विशेष अफरहरू घोषणा गरेको छ, जसमा आजीवन नि:शुल्क चार्जिङ र ३ वर्षसम्म नि:शुल्क सर्भिसिङ समावेश छन्।

५ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा भारतीय अटोमोबाइल निर्माता टाटा मोटर्सले आफ्ना नयाँ विद्युतीय सवारी (ईभी) र पेट्रोल गाडीका नवीनतम मोडेलहरू प्रस्तुत गर्दै दर्शक तथा ग्राहकको ध्यान खिचेको छ ।

नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विशेषगरी ईभी सेग्मेन्टमा ल्याएका टाटाका नयाँ गाडीहरू र नाडा लक्षित विशेष अफरहरूले स्टलमा अवलोकनकर्ताको भीड बढेको छ ।

टाटाको स्टलमा पेट्रोल गाडीदेखि अत्याधुनिक डिजाइनका ईभीसम्म प्रदर्शनमा राखिएको छ, जसले नेपाली बजारमा आफ्नो पकड थप बलियो बनाउने संकेत दिएको छ ।

हरेक गाडीका आ–आफ्नै विशेषता छन्, जसले फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्दछन् ।

टाटा मोटर्सका डेपुटी म्यानेजर (ईभी सेल्स) सुजन कार्कीले नेपालमा ईभीप्रति बढ्दो रुचि ध्यानमा राख्दै कम्पनीले यस पटकको अटो शोमा विशेष तयारीसाथ सहभागी भएको बताए ।

नाडा अटो शोमा राखिएका टाटाका गाडी र तिनका विशेषता

टाटा नेक्सन (पेट्रोल भर्सन)

नेपाली बजारमा सर्वाधिक रुचाइएको कम्प्याक्ट एसयूभी नेक्सनको नयाँ पेट्रोल भर्सन नाडामा सार्वजनिक गरिएको छ ।

६ हजारभन्दा बढी युनिट बिक्री भइसकेको यो गाडी आफ्नो ५–स्टार सेफ्टी रेटिङ, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र काठमाडांैं जस्ता व्यस्त सहरका लागि उपयुक्त कम्प्याक्ट डिजाइनका कारण लोकप्रिय छ । यसको सुरुवाती मूल्य ५० लाख ९९ हजारदेखि ५९ लाख ९९ हजारसम्मका विभिन्न भेरिएन्ट उपलब्ध छन् ।

टाटा टियागो ईभी

यो टाटाको इन्ट्री–लेभलको एक उत्कृष्ट ईभी हो, जसले छोटो समयमै नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ । २ हजारभन्दा बढी युनिट बिक्री भइसकेको टियागो ईभीलाई ‘पर्फेक्ट फाइभ–डोर इन्ट्री लेभल कार’ का रूपमा लिइएको छ ।

यसमा २४ किलोवाटको ब्याट्री प्याक छ, जसले एक पटकको फुल चार्जमा २ सय किलोमिटरसम्मको वास्तविक रेन्ज दिन्छ ।

यसको एक्सटी भेरिएन्टको मूल्य २७ लाख ४९ हजार र टप भेरिएन्टको २९ लाख ९९ हजार रहेको छ ।

किफायती मूल्य, प्रिमियम फिचर, सहजै पाइने स्पेयर पार्ट्स र देशभर फैलिएको चार्जिङ पूर्वाधार यसका मुख्य आकर्षण हुन् ।

टाटा पन्च ईभी

टाटा पन्च ईभीले छोटो समयमै १ हजारभन्दा बढी युनिट बिक्री गरेर सफलता हासिल गरेको छ । ह्याचब्याकको मूल्यमा कम्प्याक्ट एसयूभीको अनुभव प्रदान गर्ने यो गाडी आफ्नो सेफ्टी रेटिङ र १९० एमएमको ग्राउन्ड क्लियरेन्सका लागि परिचित छ ।

यो दुई ब्याट्री अप्सनमा उपलब्ध छ । मिड रेन्ज (२५ किलोवाट ब्याट्री) : २ सय किलोमिटर वास्तविक रेन्ज ।

लङ रेन्ज (३५ किलोवाट ब्याट्री) : २ सय ७० किलोमिटर वास्तविक रेन्ज ।

यसको लङ रेन्ज मोडेलको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजारसम्म रहेको छ ।

टाटा कर्भ ईभी

यो गाडी टाटाको स्टलमा सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको छ । यसको भविष्यमुखी र अद्वितीय कुपे–एसयूभी डिजाइनले सबैलाई लोभ्याएको छ ।

यसमा ५५ किलोवाटको शक्तिशाली ब्याट्री प्याक छ, जसले एक पटकको चार्जमा ३ सय ७५ किलोमिटरभन्दा बढीको वास्तविक रेन्ज प्रदान गर्छ ।

मुख्य विशेषता

डिजाइन : एसयूभी र कुपेको मिश्रित डिजाइन ।

सुरक्षा : ५–स्टार सेफ्टी रेटिङ, ६ वटा एयरब्याग र एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम (एडीएएस) लेभल २ जस्ता अत्याधुनिक सुरक्षा फिचर छन् ।

बुट स्पेस : ५ सय लिटरको फराकिलो बुट स्पेस ।

विशेष फिचर : यसमा भेहिकल–टु–भेहिकल र भेहिकल–टु–लोड चार्जिङ सुविधा छ । अर्थात्, यो गाडीबाट अर्को ईभी चार्ज गर्न वा क्याम्पिङ जस्ता अवसरमा विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १८६ एमएम छ ।

न्यु टाटा सफारी

टाटा मोटर्सले आफ्नो बहुप्रतीक्षित फ्ल्यागसिप एसयूभी ‘न्यु टाटा सफारी’ अटो शोमा सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङले प्रिमियम ७–सिटर एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्यसाथ यो फेसलिफ्टेड मोडेल बजार ल्याएको हो ।

अत्याधुनिक डिजाइन, शक्तिशाली पर्फर्मेन्स, प्रिमियम इन्टेरियर र विश्वस्तरीय सुरक्षा मापदण्डका कारण नयाँ सफारीले स्टलमा अवलोकनकर्ताको विशेष ध्यान खिचेको छ ।

आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स

नयाँ सफारीलाई भविष्यमुखी र बोल्ड डिजाइन दिइएको छ । यसको अगाडिको भागमा बीआई एलईडी प्रोजेक्टर हेडल्याम्प र आकर्षक सिक्वेन्सियल डीआरएलएस जडान गरिएको छ, जसले यसलाई एक विशिष्ट पहिचान दिन्छ । १९ इन्चको ठूलो एलोय ह्विल र २०५ एमएमको ग्राउन्ड क्लियरेन्सले यसको एसयूभी क्यारेक्टरलाई अझ निखारेको छ, जसले नेपाली सडकमा सहज यात्राको सुनिश्चितता गर्दछ ।

यसको आकर्षक डिजाइनलाई शक्ति दिनका लागि गाडीमा २.० लिटरको क्रायोटेक टर्बोचार्ज्ड डिजेल इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले १७० पीएसको अधिकतम पावर र ३५० एनएमको शक्तिशाली टर्क उत्पादन गर्छ ।

चालकले आफ्नो आवश्यकता अनुसार इको, सिटी र स्पोर्ट गरी तीन वटा ड्राइभ मोड छनोट गर्न सक्छन् । यो गाडी ६–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गरी दुवै ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।

प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधि

गाडीभित्र प्रवेश गर्ने बित्तिकै यसको प्रिमियम र फराकिलो क्याबिनले स्वागत गर्छ । पूर्ण ७–सिटर क्षमताको यो एसयूभीमा यात्रालाई रमाइलो बनाउन ठूलो प्यानारोमिक सनरुफ दिइएको छ । ड्यासबोर्डको केन्द्रमा १२.३ इन्चको विशाल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र चालकका लागि १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।

यात्रुको आराम ध्यानमा राख्दै यसमा डुअल–जोन क्लाइमेट कन्ट्रोल, मेमोरी फंक्सन सहित भेन्टिलेटेड सिट र १०–स्पिकरको जेबीएल साउन्ड सिस्टमजस्ता फिचर समावेश छन् । साथै, जेस्चर कन्ट्रोल सहितको इलेक्ट्रिक टेलगेटले गाडीको प्रिमियम अनुभवलाई थप बढाएको छ ।

कम्पनीले म्यानुअल भेरिएन्टको १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यस्तै अटोमेटिक भेरिएन्टको १ करोड २९ लाख ९९ हजार र डार्कको १ करोड ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नाडा लक्षित विशेष अफर

आफ्ना उत्पादनलाई थप आकर्षक बनाउन टाटाले नाडा अटो शोका लागि विशेष अफरहरूको प्याकेज घोषणा गरेको छ । यस अन्तर्गत गाडी खरिदमा विशेष नगद छुट, ३ वर्षसम्मको नि:शुल्क सर्भिसिङ (कन्जुमेबल पार्टसहित), एक वर्षको विस्तृत बीमा, एक आर्थिक वर्षको रोड ट्याक्स र नामसारीमा लाग्ने सम्पूर्ण शुल्क कम्पनीले नै बेहोर्नेछ ।

यीमध्ये सबैभन्दा माथि ईभी खरिदकर्ताका लागि ल्याइएको आजीवन नि:शुल्क चार्जिङको घोषणाले एकदमै बढी चर्चा पाएको छ, जसले ईभीको सञ्चालन खर्चलाई लगभग शून्यमा झार्ने छ ।

बलियो सर्भिस नेटवर्क र स्पेयर पार्ट्सको सुनिश्चितता

टाटाका गाडीहरू नेपालमा लोकप्रिय हुनुको अर्को कारण यसको बिक्रीपछिको बलियो सेवा हो । देशभरि २२ भन्दा बढी सर्भिस सेन्टर छन्, जसले पश्चिम धनगढीदेखि पूर्व बिर्तामोडसम्मका ग्राहकलाई सहज सेवा प्रदान गरिरहेको छ ।

भारतीय ब्रान्ड भएकाले यसका स्पेयर पार्ट्स सुपथ मूल्य र सजिलै उपलब्ध हुने हुँदा ग्राहकले मर्मतसम्भारमा कुनै झन्झट बेहोर्नु नपर्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?