+
+
Shares

‘बिटल्स’ म्युजियममा पुग्यो ‘नेपथ्य’, अमृत भन्छन् : अभूतपूर्व आनन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपथ्यले वेम्बली एरिनामा ऐतिहासिक कन्सर्ट प्रस्तुत गरी हजारौं नेपाली दर्शकलाई झुमाएको छ।
  • अमृत गुरुङ नेतृत्वको ब्याण्डले युरोप टूरमा कोपनहेगन, माल्टा, लिस्बन र एन्टवर्पमा कन्सर्ट गर्नेछ।
  • नेपथ्यका सदस्यले लिभरपुलको बिटल्स संग्रहालय अवलोकन गरी बिटल्स समूहको संगीत र सांस्कृतिक प्रभावबारे अनुभव सँगालेका छन्।

लन्डन । लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यले हालै वेम्बली एरिनामा ऐतिहासिक कन्सर्ट प्रस्तुत गर्‍यो । आफ्ना बहुचर्चित गीतमा ब्याण्डले त्यहाँस्थित हजारौं नेपाली दर्शकलाई झुमायो ।

अमृत गुरुङ नेतृत्वको ब्याण्डले २३ अगस्टमा कोपनहेगन, २७ मा माल्टा, ३१ मा लिस्बन र एन्टवर्पमा ३ सेप्टेम्बरमा प्रस्तुत दिँदैछ ।

लण्डन कन्सर्ट लगत्तै फुर्सदमा रहेको ब्याण्डले त्यहाँको घुमाइलाई अनुभव सँगाल्ने अवसरको रुपमा उपयोग गर्‍यो । यो मेसोमा अमृतसहितका ब्याण्ड सदस्यले लिभरपुलमा रहेको विश्वचर्चित बिटल्स ब्यान्डको संग्रहालय अवलोकन गरे ।

संग्रहालयमा वाद्ययन्त्र, स्टेज पहिरन, व्यक्तिगत पत्रदेखि अद्धितीय संस्मरणीय वस्तुसहितका १ हजारभन्दा धेरै बिटल्सका प्रमाणिक कलाकृति राखिएको छ ।

बिटल्स संग्रहालय घुमेपछि ब्याण्डका प्रमुख गायक गुरुङले बाजागाजाको सजावट, साधारण मान्छेको असाधारण जमघटमाझ आफै उभिएर बिटल्स समूहको गीतसंगीत श्रवण गरि रहेको अभूतपूर्व आनन्दको महसुस गरेको बताए ।

‘स्रष्टालाई सम्मान, कलाकारलाई अपनत्व दिएको सहर लिभरपुल धन्य तिमी’ अमृतले अनलाइनखबरसँग भने ।

यसअघि अमेरिका र अस्ट्रेलिया टूर गरिसकेको ब्याण्डले युरोप टूर सकेर ५ सेप्टेम्बरमा स्वदेश फर्किनेछ ।

बिटल्स ब्याण्ड सन् १९६० मा लिभरपुलमा गठन भएको एक अंग्रेजी रक ब्यान्ड थियो, जसमा जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टार थिए ।

सर्वकालिन प्रभावशाली ब्यान्डको रूपमा व्यापक चर्चित मानिने ब्याण्डले नवीन गीत लेखन, सद्भाव र प्रारम्भिक रक एण्ड रोलदेखि साइकेडेलिक तथा अर्केस्ट्रा ध्वनिहरूसम्मका विधामार्फत पप म्युजिकमा क्रान्तिकारी परिवर्तन ल्यायो ।

सन् १९६० को दशकमा ‘काउन्टर कल्चर’ नेतृत्वको रुपमा उदाउँदै ब्याण्डले विश्वव्यापी रूपमा बिटलमेनिया फैलायो र सांस्कृतिक आइकन बन्यो । ब्याण्डले संगीत मात्र होइन, फेसन, फिल्म र सामाजिक मनोवृत्तिलाई पनि आकार दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?