+
+
Shares

अनलाइनखबरकर्मी पोखरेललाई डायस्पोरा जर्नालिज्म अवार्ड

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा आयोजित किताव जात्रा फेस्टिभलको दोस्रो यूके संस्करणका क्रममा पोखरेलसहित अन्य व्यक्तित्व सम्मानित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किताब यात्रा फाउन्डेशनले बेलायतमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरेको छ।
  • अनलाइनखबरका बेलायत संवाददाता नवीन पोखरेललाई किताव जात्रा डायस्पोरा जर्नालिज्म अवार्डबाट सम्मानित गरिएको छ।
  • फाउन्डेशनले नेपालका २० ठाउँमा पुस्तकालय निर्माण र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

लन्डन। किताब यात्रा फाउन्डेशनले बेलायतको समुदायमा रहेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका वा योगदान दिएका व्यक्तिहरुलाई मंगलबार अवार्ड प्रदान गरेको छ । सो क्रममा किताव जात्रा डायस्पोरा जर्नालिज्म अवार्डबाट अनलाइनखबरका बेलायत संवाददाता नवीन पोखरेल सम्मानित भएका छन् ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा आयोजित किताव जात्रा फेस्टिभलको दोस्रो यूके संस्करणका क्रममा पोखरेलसहित अन्य व्यक्तित्व सम्मानित भएका हुन् ।

राजदूत चन्द्रकुमार घिमिरे र वरिष्ठ सञ्चारकर्मी टिकाराम यात्रीले अवार्ड प्रदान गरे । विगत १९ वर्षदेखि लन्डनमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको यस क्षेत्रमा करिब अढाइ दशक लामो अनुभव छ ।

उनले यसअघि कान्तिपुर, राजधानी दैनिक, देशान्तर जस्ता मिडियामा समेत काम गरेका थिए । पोखरेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष हुन् । पोखरेलले वीनेपाली डटकम, नेपाली लिंक डटकममा समेत सम्पादकको भूमिका निर्वाह गरेका छन् ।

लमजुङ सुन्दरबजार नगरपालिका–७ का स्थायी वासिन्दा उनले पत्रिकारितामार्फत बेलायतको नेपाली समुदायका विविध पक्ष उजागर गर्दै आएका छन् ।

कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई किताव जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड, साहित्यकार कृष्ण बजगाईंलाई डायस्पोरा लिटरेचर अवार्ड, कुशल श्रेष्ठलाई किताव जात्रा डायस्पोरा मिडिया अवार्ड, उद्यमी डा. रक्षा थापालाई अन्टरप्रिनरसीप अवार्ड (फिमेल) र छोङ् शेर्पालाई अन्टरप्रिनरसीप अवार्ड (मेल) एवं युवा व्यवसायी विकास नेपाललाई युथ आइकन अवार्ड प्रदान गरिएको छ ।

आयोजक किताव यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनु, किताब प्रदर्शनी, उद्यमशीलता प्रवद्र्धन एवं श्रष्टा सम्मान कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रष्ट्याए ।

अधिकारीले फाउण्डेशनले साहित्यिक महोत्सवबाहेक नेपालका विभिन्न २० ठाउंमा पुस्तकालय निर्माण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान समेत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?