+
+
Shares

यस्तो छ आज टप १० ब्रोकरको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सेयर बजारमा कुल ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।
  • टप १० ब्रोकरमार्फत ३५ प्रतिशत हिस्सा ओगटे र १ अर्ब ७६ करोडको बिक्री र खरिद भएको छ।
  • नेप्से परिसूचक ९.२२ अंक घटेर २७५७ अंकमा कायम भएको छ।

५ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ५ अर्ब २ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकरमार्फत मात्रै ३५ प्रतिशत हिस्सा ओगटे ।

टप १० ब्रोकर कम्पनीमार्फत आज १ अर्ब ७६ करोडको बिक्री भयो भने १ अर्ब ७६ करोडकै खरिद भएको छ । आज ५ ब्रोकरमार्फत खरिद बढी भएको छ भने अरु ५ मार्फत बिक्री बढी भएको छ ।

नासा, इम्पेरियल, भिजन, अनलाइन, श्रीहरिमार्फत बिक्री बढी भएको छ । त्यस्तै सनी, आर्यतारा, एबीसी, नेपाल स्टक र कोहिनुरमार्फत खरिद बढी भएको छ ।

आज टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बुटवल पावर, हिमालयन डिस्टिलरी, एभरेस्ट बैंक, शिवम् सिमेन्ट अगाडि रहे ।

आज नेप्से परिसूचक ९.२२ अंक घटेको हो । नेप्से २७५७ अंकमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?