+
+
Shares

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ।
  • सामसङ इनोभेसन क्याम्पसले नयाँ ब्याचमा एआई र बिग डाटा तालिम सुरु गर्ने तयारी गरेको छ जसले विद्यार्थीलाई भविष्यका लागि आवश्यक दक्षतामा पोख्त बनाउनेछ।
  • कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. डा. सुशील बज्राचार्यले सहभागी भएर विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए।

५ भदौ, काठमाडौं । सामसङले आज आफ्नो प्रमुख ‘सीएसआर’ पहल ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।

यसैका साथै अब नयाँ ब्याचको एआई र बिग डाटा तालिम सुरु हुनेछ जसले विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षतामा पोख्त हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा. डा. दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. डा. सुशील बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरियो ।

सामसङ नेपाल कार्यालयका मानवस्रोत प्रबन्धक जयन्तमणि कायस्थले भने, ‘कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौं । सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सिपले सशक्त बनाउँदै आएको छ ।

त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डाटा र आईओटीको तालिम अझ बलियो बनाउने र विद्यार्थीलाई भविष्यको रोजगारीका लागि तयार गर्ने लक्ष्य राखेका छौं ।’

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई एआई, आईओटी र बिग डाटा तथा कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिद्म, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानका आधारमा विद्यार्थीहरूको छनोट गरिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थाका डिन बज्राचार्यले भने, ‘नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं । कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सह्राना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूका लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ विस्तार गर्न चाहन्छौं ।’

यस कार्यक्रममा प्राविधिक सिपका साथै रोजगारी योग्यता, समस्या समाधान र सिर्जनात्मकता जस्ता सफ्ट स्किलको पनि तालिम दिइन्छ ।

साथै, विद्यार्थीहरूले एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ तथा आईओटी प्रविधि प्रयोग गरी सामाजिक महत्त्वका परियोजनामा पनि काम गर्छन्, जसले वास्तविक संसारका चुनौती समाधान गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?