+

साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै

२०८२ भदौ  ३० गते ८:०३ २०८२ भदौ ३० गते ८:०३
साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले ३० भदौमा कोलोम्बोमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपाल समूह ए मा रहेको छ र एक खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।
  • नेपालले चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन र सबै पटक भारतसँग पराजित भएको थियो।

३० भदौ, काठमाडौं । सोमबार देखि कोलोम्बोमा सुरु हुने साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ ।

समूह ए मा रहेका यी दुई टोलीबीचको खेल कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

नेपाली टोलीमा मुख्य प्रशिक्षक सन्जित सिंहले पहिलो खेल घरेलु टोली विरुद्ध भएकोले हल्का रुपमा नलिने र राम्रो नतिजा ल्याउने प्रि म्याचमा बताएका थिए ।‘हाम्रो समूमा दुई टिम छन् । हामी कुनै टिमलाई सहज लिँदैनौ,’ उनले भने, ‘हामी श्रीलंका विरुद्ध पहिलो खेलका लागि तयार छौँ । आशा छ राम्रो नतिजा आउनेछ ।’

यस्तै कप्तान प्रशान्त मोक्तानले पनि तयारी राम्रो भएको र प्रशिक्षकको रणनीति अनुसार मैदानमा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

समूह ए मा रहेको अर्को टिम बंगलादेशसँग नेपालले बिहीबार खेल्नेछ ।

यस समूहमा तीन टिम मात्र रहेकोले नेपालले एक खेल जितेमा पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।

यस्तै साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

साफ यू-१७ च्याम्पियनसिपको ९ संस्करण भइसक्दा अहिलेसम्म भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने बंगलादेशले दुई तथा पाकिस्तानले एक पटक उपाधि जितेको छ । नेपाल चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । नेपाल चार पटक नै भारतसँग पराजित भएको थियो ।

साफ यू-१७ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय