News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा रियल मड्रिडले मार्सेललाई २-१ ले पराजित गरेको छ।
- किलियन एमबाप्पेले दुई पेनाल्टी गोल गर्दै रियललाई १-० पछि परेको स्थितिबाट जित दिलाएका छन्।
- डानी कार्भाजालले दोस्रो हाफमा रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो।
१ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा रियलले फ्रेन्च क्लब मार्सेललाई २-१ ले पराजित गर्यो।
खेलको २२औं मिनेटमा तिमोथी वेहले गोल गर्दै मार्सेललाई अग्रता दिलाएका थिए। तर, १-० ले पछि परेको रियलका लागि किलियन एमबाप्पेले दुईवटै पेनाल्टी गोल गर्दै पुनरागमन जित दिलाए।
२८औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमा त्यसपछि थप गोल भएनन् ।
दोस्रो हाफको ७२औं मिनेटमा डानी कार्भाजालले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।
८१औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत अर्को गोल गर्दै रियलको २-१ को जित पक्का गरे ।
गएराति भएको अन्य खेलहरूमा आर्सनलले एथ्लेटिक क्लबलाई २-० ले हराउँदा टोटनहामले भिल्लारियललाई १-० ले हरायो ।
युनियन सेन्ट गिलोसले पीएसभीलाई ३-१ ले हरायो भने काराबागले बेनफिकालाई ३-२ गोलअन्तरले हरायो ।
युभेन्ट्स र डर्टमुन्डले ४-४ गोलको रोमाञ्चक बराबरी खेले ।
प्रतिक्रिया 4