News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी एसिया कप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ।
- बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १४६ रनमा अलआउट भएको छ।
- यस जितसँगै बंगलादेश समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ र श्रीलंका र अफगानिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ।
१ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले हरायो ।
बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १४६ रनमा अलआउट भयो । रहमनुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए भने अजमतुल्लाह ओमरजाइले ३० रन बनाए । कप्तान राशिद खानले २० रन बनाए ।
बंगलादेशका लागि मुस्तफिजुर रहमानले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । नसुम अहमद, तास्किन अहमद र रिशाद होसेनले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । तान्जिद हसनले ५२ रनको अर्धशतकीय पारी खेले । सेफ हसनले ३० तथा तोहिन रिदोएले २६ रन बनाए ।
अफगानिस्तानका कप्तान राशिद र नुर अहमदले २-२ विकेट लिए । ओमरजाइले १ विकेट लिए ।
जितसँगै ३ खेलमा ४ अंक जोडेको बंगलादेश समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । अफगानिस्तानको २ खेलमा २ अंक छ ।
यो नतिजासँगै समूह ए को समीकरण रोमाञ्चक बनेको छ । यस समुहबाट हङकङ बाहिरिँदा बाँकी ३ वटै टिमको सुपर फोर सम्भावना बाँकी छ ।
अब श्रीलंका र अफगानिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ । श्रीलंका विजयी भएमा श्रीलंका र बंगलादेश सुपर फोरमा पुग्नेछन् ।
अफगानिस्तान विजयी भएमा अफगानिस्तान छनोट हुनेछ र श्रीलंका र बंगलादेशबीच नेट रनरेटमा अगाडि हुने टोली अघि बढ्नेछ ।
प्रतिक्रिया 4