
१ असोज, काठमाडौं । बजारमा लौका र घिरौंलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार लौका र घिरौंलाको भाउ बढेको देखाएको हो ।
आज घिरौंलाको भाउ थोकमा प्रतिकिलो २५ रुपैयाँ बढेको छ । आज घिरौंला प्रतिकिलो ७० रुपैयाँमा पुगेको छ । हिजो मंगलबार भने घिरौंला प्रतिकिलो ४५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज लौकाको भाउ पनि प्रतिकिलो थोकमा १४ रुपैयाँ बढेको छ । हिजो मंगलबार प्रतिकिलो ४१ रुपैयाँमा किनबेच भएको लौका आज बुधबार प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4