+
+
Shares

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी फर्किएका छन् भने अझैँ ४४१ जना कारागार बाहिर रहेका छन्।
  • कारागार प्रमुख चिरञ्जीवी सापकोटाले केही कैदीबन्दी भागेको भोलिपल्टै सम्पर्कमा आएको र केही पक्राउ परेको बताए।
  • कारागार व्यवस्थापन विभागले कैदीबन्दीलाई फर्कन आह्वान गरेको र प्रहरीले खोजीकार्य जारी राखेको छ।
१ असोज, कैलाली।  कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् ।
गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्।
 हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।
फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए।
उनले भने, ‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ।’
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैँ ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?