
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगजनीले ध्वस्त भएको नेकपा एमालेको पार्टी कार्यालय निरीक्षण गरेका छन् ।
उपसभापति खड्काले बुधबार दिउँसो ललितपुरको च्यासलस्थित एमाले मुख्यालय रहेको भवनमा पुगेर भएको क्षति निरीक्षण गरेका हुन् ।
भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले एमाले पार्टी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।
आगजनी र तोडफोडले एमाले मुख्यालय पूर्ण क्षतिग्रस्त भएको छ । जेनजी प्रदर्शनले सरकारले ढलेपछि कांग्रेस र एमालेका नेताहरू आगजनी र तोडफोड भएका क्षेत्रको अवलोकनमा निक्लिएका छन् ।
बुधबार नै उपसभापति खड्का ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयको निरीक्षणमा गएका थिए ।
प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय पनि तोडफोड र आगजनी गरेका ध्वस्त बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4