
१ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आंकडा चाँडै सार्वजनिक गर्ने बताएका छन् ।
बुधबार अपरान्ह क्षतिग्रस्त संघीय संसद् भवनको अवलोकन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौंमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठूलो क्षति भएको मन्त्री घिसिङको भनाइ थियो । क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियाननै संचालन गर्ने कार्ययोजना रहेको पनि बताए ।
‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ । देशविदेशमा रहेका सबै नेपाली जनताहरुले देशलाई समृद्धितर्फ ल्याउनलाई हामीले पनि योगदान गर्नुपर्छ भन्ने यो अभियान हुनेछ,’ उनले भने, ‘त्यसबाट नपुगे सरकारले अरु पनि व्यवस्था गर्छ । ठूलो क्षति भएको छ । यहाँ काठमाडौंमा मात्र होइन, देशभरी क्षति भएको छ । त्यो क्षतिको जुन एसिस्मेन्ट छ । त्यो चाँडै आउँछ ।’
मन्त्री घिसिङले सरकारले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको बताए ।
प्रतिक्रिया 4