
१ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ४/५ महिनापछि सर्वोच्च अदालतको काम नयाँ भवनबाट सुरु गरिने बताएका छन् ।
बुधबार जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गर्न पुगेका मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
४/५ महिनामा सर्वोच्च अदालतको नयाँ बिल्डिङ पनि बनिसक्ने भएकोले सोही ठाउँबाट काम थाल्ने मन्त्री घिसिङको भनाइ छ । यसलाई कसरी अगाडि बढाउने भनेर सरकारले एउटा निर्णय पनि गर्ने उनले बताए ।
अवलोकनको क्रममा मन्त्री घिसिङले आगजनीबाट धेरै ठूलो क्षति भएको भन्दै डिटेल डिजाइनसहित काम अगाडि बढाउने बताए ।
उनले भने, ‘ धेरै ठूलो क्षति भएको छ । अब यसलाई सबै एसेसमेन्ट गरेर त्यसको डिटेल डिजाइन सहित काम अगाडि बढाउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4