+
+
Shares

धनुषाबाट ४७५ किलो गाँजासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषा बिदेह नगरपालिका–३ जोगियारा स्थित भगवति फिक्स ईट्टा भट्टामा ४७५ किलो गाँजा लुकाएर राखिएको प्रहरीले बरामद गरेको छ।
  • २४ वर्षीय बिराज गुम्बा र १८ वर्षीय रोहित चमारलाई पक्राउ गरिएको छ।
  • इलाका प्रहरी कार्यालय ढल्केवरले उनीहरूमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

१ असोज, जनकपुरधाम । धनुषाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

धनुषा बिदेह नगरपालिका–३ जोगियारा स्थित स्थानीय हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा २५ वटा पोकामा लुकाएर राखिएको ४७५ किलो गाँजा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार उक्त गाँजा प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअपमा धरानबाट ल्याएर राखिएको थियो ।

उक्त पिकअप गणेशमान चारनाथ नगरपालिका वडा नं ४ विरेन्द्रबजारबाट नियन्त्रणमा लिएर चालक सहचालकलाई सोधपुछ गरेपछि सो रहस्य खुलेको थियो ।

चालक धादिङ बेनिघाट रोलाङ गाउँपालिका – घर भएका  २४ वर्षीय बिराज गुम्बा र सहचालक बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय रोहित चमारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केपरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?