+

युवा गोलकिपर जियारथ पनि अस्ट्रेलिया प्रस्थान

२०८२ असोज  १ गते २३:०३ २०८२ असोज १ गते २३:०३
युवा गोलकिपर जियारथ पनि अस्ट्रेलिया प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका युवा गोलकिपर जियारथ शेख अस्ट्रेलिया प्रस्थान गरेका छन्।
  • जियारथले यू-१९, यू-२० र यू-२३ राष्ट्रिय टिममा खेलिसकेका छन्।
  • उनी शहीद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिगमा पनि खेलेका छन्।

१ असोज, काठमाडौं । नेपालका उदाउँदो गोलकिपर जियराथ शेख पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । नेपालमा शीर्ष डिभिजनको लिग नभइरहेको बेला फुटबल खेलाडीहरू विदेश पलायन हुने क्रम कायम रहँदा युवा गोलकिपर जियारथले पनि त्यही बाटो रोजेका छन् ।

उमेर समूहको नेपालको राष्ट्रिय टिमबाट समेत खेलिसकेका जियारथलाई सम्भावना बोकेका गोलकिपरको रूपमा हेरिएको थियो । उनले नेपालको यू-१९ र यू-२० टिमबाट खेलिसकेका छन् ।

यस्तै यू२३ राष्ट्रिय टिमको क्याम्पमा समेत समावेश थिए । तर भर्खरै ताजिकिस्तानमा भएको एएफसी यू-२३ एसियन कप छनोटका लागि भने उनी अन्तिम टोलीमा अटाउन सकेनन् ।

त्यस्तै जियारथले घरेलु फुटबलमा शहीद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग समेत खेलिसकेका छन् । मनाङ मर्स्याङ्दीबाट ए डिभिजन लिग खेलेका जियारथले धनगढी एफसीबाट नेपाल सुपर लिगको तेस्रो संस्करण खेलेका थिए ।  नेपाल सुपर लिगको दोस्रो संस्करणमा उनी काठमाडौं रेजर्स टिममा थिए ।

जियाराथका दाई अमनाथ शेखले भाईलाई उज्वल भविष्यको शुभकामना दिँदै आफ्नो लक्ष्यमा केन्द्रित हुन शुभकामना दिएका छन् ।

जियारथ शेख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय