News Summary
Generated by OK AI. Editorially reviewed.- सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टी-२०आई सिरिज हुने छ।
- वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल होसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
- टोलीमा केही अनुभवी खेलाडी र नयाँ अनुहार छन्, जसले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने मौका पाउनेछन्।
२ असोज, काठमाडौं । यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजमा खेल्ने वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले बुधबार अकिल होसेनको कप्तानीमा वेस्ट इन्डिजको १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा केही अनुभवी खेलाडी पर्दा केही नियमित तथा अनुभवी खेलाडीहरूलाई भने आराम दिइएको छ ।
वेस्ट इन्डिजको टोलीमा केही नयाँ अनुहार पनि छन् जसका लागि यो शृंखलामार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यूको मौका पनि हुनेछ ।
अनुभवी खेलाडीहरूमा होसेनसँगै काइल मेयर्स, जेसन होल्डर, ओबेड मेकोए, किएसी कार्टी, फाबियन एलेन छन् ।
शाइ होप, शेरफन रदरफोर्ड, रोमारियो शेपहर्ड, अल्जारी जोसेफलगायतका खेलाडीलाई आराम दिइएको छ ।
रेयन ग्रिफिथ टिम व्यवस्थापन युनिटको मुख्य प्रशिक्षक रहनेछन् भने पूर्व वेस्ट इन्डिज मुख्य प्रशिक्षक ओटिस गिब्सन पेस बलिङ सल्लाहकार हुनेछन्।
वेस्ट इन्डिज क्रिकेटका क्रिकेट निर्देशक माइल्स बासकोम्बले भने, ‘नेपालविरुद्धको यो श्रृंखला वेस्ट इन्डिज क्रिकेटको दायरा विस्तार गर्ने महत्वपूर्ण कदम हो। यसले हाम्रो सिनियर टोलीलाई उत्साही र उदाउँदो राष्ट्रसँग खेल्ने मौका दिन्छ र फरक परिस्थितिमा मूल्यवान् अनुभव प्रदान गर्छ।’
सिरिजमा खेल्ने नेपालको टोली पनि घोषणा भइसकेको छ ।
वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर
प्रतिक्रिया 4