
News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘कल्की : २८९८ एडी’को दोस्रो श्रृंखलामा अभिनेत्री दीपिका पादुकोणलाई हेर्न नपाइने भएको छ।
- निर्माताले सामाजिक सञ्जाल एक्समार्फत ‘कल्की २८९८’मा पूर्ण प्रतिबद्धता आवश्यक भएकाले दीपिकासँग अलग हुने निर्णय गरेको बताए।
- दोस्रो श्रृंखलामा प्रभास र अमिताभ बच्चन देखिनेछन् भने नाग आश्विन निर्देशक हुन् र पहिलो फिल्मले विश्वव्यापी रूपमा लगभग १०४२ करोड भारु कमाएको थियो।
मुम्बई । दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘कल्की : २८९८ एडी’को दोस्रो श्रृंखलामा अभिनेत्री दीपिका पादुकोणलाई हेर्न नपाइने भएको छ ।
निर्माताले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका छन् ।
‘गहिराइमा सोचेपछि हामीले अलग हुने निर्णय गर्यौं । पहिलो फिल्मको लामो यात्राको बाबजुद हामीले सहि साझेदारी बनाउन सकेनौं । ‘कल्की २८९८’जस्ता फिल्मलाई पूर्ण प्रतिबद्धता र धेरै कुराको आवश्यकता छ । हामी उनलाई आगामी कामको लागि शुभकामना दिन चाहन्छौं’ निर्माताले भनेका छन् ।
दोस्रो श्रृंखलामा प्रभास र अमिताभ बच्चन भने देखिनेछन् । नाग आश्विन निर्देशक हुन् ।
पहिलो फिल्मको कथा महाभारतको कुरुक्षेत्र युद्धको अन्त्यबाट सुरु हुन्छ र भविष्यको वर्ष २८९८ ईस्वीमा अगाडि बढ्छ । ‘कल्की २८९८ एडी’ बक्स अफिसमा हिट भयो ।
उक्त फिल्मले विश्वव्यापी रूपमा लगभग १०४२ करोड भारु कमाएको थियो ।
प्रतिक्रिया 4