+

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

२०८२ असोज  २ गते १४:४१ २०८२ असोज २ गते १४:४१
एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघका फुटसल निर्देशक राज महर्जनले सचिवालयको लापरवाहीको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्।
  • नेपालले फुटसल कप २०२६ छनोटमा भाग नलिएपछि एसियन फुटबल महासंघले एन्फामाथि १० हजार डलर जरिवाना र अर्को छनोट खेल्न नपाउने कारबाही गरेको थियो।
  • महर्जनले फुटसल विभागले प्रक्रिया पूरा गरेर सचिवालयमा बुझाए पनि बजेट नदिइएकोले नाम फिर्ता लिनु परेको बताउनुभयो।

२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का फुटसल निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन्।

फुटसल कप २०२६ छनोटमा नेपालले  भाग नलिएपछि एसियन फुटबल महासंघ (एएफसी)ले एन्फामाथि १० हजार डलर जरिवाना र अर्को छनोट खेल्न नपाउने कारबाही गरेको थियो ।

महर्जनले यस घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै सचिवालयको लापरवाहीकै कारण यस्तो भएको आरोप लगाउँदै राजीनामा दिएका हुन् ।

फुटसल विभागले सम्पूर्ण प्रक्रिया पूरा गरेर सचिवालयमा बुझाए पनि बजेट नदिइएकाले अन्ततः नाम फिर्ता लिनु परेको उनको भनाइ छ।

महर्जनले यस्तो गैरजिम्मेवार सचिवालयमा रहँदा काम गर्न नसकिने भन्दै राजीनामा दिएका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल निर्देशक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय