+
+
Shares

‘कबड्डी ५’ले खोज्यो १६ जना कलाकार, अधिकांश थकाली

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माता कम्पनी बाँसुरी फिल्म्सले फिल्म 'कबड्डी ५' का लागि १६ कलाकारको कास्टिङ कल आह्वान गरेको छ।
  • कार्यकारी निर्माता मणिराम पोखरेलले इच्छुकले ९ असोजसम्म २ मिनेटको मोनोलग भिडियो पठाउनुपर्ने बताए।
  • फिल्मको छायांकन दशैंको टीका लगत्तै मुस्ताङमा सुरु हुनेछ र शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर छन्।

काठमाडौं । छायांकन सुरु हुन केही साता बाँकी रहँदा प्रतीक्षित फिल्म ‘कबड्डी ५’ले कलाकारको आह्वान गरेको छ ।

निर्माता कम्पनी बाँसुरी फिल्म्सले विहिबार विज्ञप्ति जारी गर्दै महत्पूर्ण सहायक भूमिकाको लागि कास्टिङ कल गरिएको जनाएको छ ।

आठजना महिला-पुरुष पात्रसहित ८ जना समूह गरि कूल १६ कलाकारको लागि आवेदन आह्वान गरिएको हो । कार्यकारी निर्माता मणिराम पोखरेलले इच्छुकले ९ असोज विहिबार मध्यान्हसम्म बाँसुरी फिल्म्सको इमेलमा २ मिनेटको मोनोलग भिडियो पठाउनुपर्ने बताए ।

‘प्राप्त भिडियोलाई उत्कृष्टताको आधारमा छनोट गरेर सम्बन्धितलाई हामी आफैले सम्पर्क गर्नेछौं’ पोखरेलले अनलाइनखबरसँग भने ।

मागिएका अधिकांश कलाकारमा थकाली समुदायबाट छन् । ती पात्रको चरित्रसहितका कलाकार मागिएको छ ।

रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल र बुद्धि तामाङको शीर्ष अभिनय हुनेछ । दशैंको टीका लगत्तै मुस्ताङमा छायांकन सुरु हुनेछ ।

‘कबड्डी’का चारै सिरिजले घरेलु बक्सअफिसमा उछाल कमाइ गरेका छन् । पाँचौ श्रृंखलापछि बाँसुरी फिल्म्सले २१ कात्तिकमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २ ः सङ अफ च्याब्रुङ’को प्रचारप्रसार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?