
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'माइतीघर'को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ र यो पारिवारिक कथावस्तुमा आधारित छ।
- फिल्मको छायांकन म्याग्दीको ताकममा गरिएको हो र मिलन तामाङले निर्देशन गरेका छन्।
- यो फिल्म १३ असोज दशैं फूलपातीमा प्रदर्शन हुने तयारीमा छ।
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पारेको छ । पारिवारिक कथावस्तुको यो फिल्मको केन्द्रमा उपासनासिंह ठकुरी छिन् । प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, श्यामाश्री शेर्पालाई पनि चित्रण गरिएको छ ।
तामाङ समुदायको कथा भएपनि यो फिल्मको छायांकन म्याग्दीको ताकममा गरिएको हो । मिलन तामाङ निर्देशित फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
निर्मातामा रविन शेरचन र धीरज तामाङ छन् । यो फिल्म दशैं फूलपाती अवसरमा १३ असोजमा प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4