+
+
Shares

बलिउड फिल्म खेल्न सिड्नीलाई ५३० करोड भारु पारिश्रमिक अफरको चर्चा

द सनको एक रिपोर्ट अनुसार, एक भारतीय निर्माण कम्पनीले स्वीनीको अन्तर्राष्ट्रिय छविलाई माथि उठाउन चाहन्छ । त्यसैले, उनलाई एक फिल्मको लागि ४५ मिलियन पाउण्ड अर्थात ५३० करोड भारु पारिश्रमिकको अफर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी अभिनेत्री सिड्नी स्वीनीलाई बलिउडमा डेब्यूका लागि ५०० करोड भारुभन्दा बढी पारिश्रमिक प्रस्ताव गरिएको छ।
  • भारतीय निर्माण कम्पनीले उनलाई ४५ मिलियन पाउण्ड अर्थात ५३० करोड भारु पारिश्रमिक र ११५ करोड भारु प्रायोजन सम्झौता प्रस्ताव गरेको छ।
  • यो फिल्म सन् २०२६ मा लन्डन, दुबई, न्यूयोर्क र पेरिसमा छायांकन हुने र सबैभन्दा महँगो भारतीय फिल्म हुने दावी गरिएको छ।

काठमाडौं । प्रसिद्ध हलिउड अभिनेत्री सिड्नी स्वीनीको बारेमा नयाँ खबर आइरहेका छन् । उनी बलिउडमा डेब्यू गर्न सक्ने खबर आएको छ ।

रोचक कुरा के छ भने, उनलाई यो फिल्मको लागि ५०० करोड भारुभन्दा बढी पारिश्रमिकको प्रस्ताव गरिएको छ ।

द सनको एक रिपोर्ट अनुसार, एक भारतीय निर्माण कम्पनीले स्वीनीको अन्तर्राष्ट्रिय छविलाई माथि उठाउन चाहन्छ । त्यसैले, उनलाई एक फिल्मको लागि ४५ मिलियन पाउण्ड अर्थात ५३० करोड भारु पारिश्रमिकको अफर गरिएको छ ।

यसमा ४१५ करोड भारु पारिश्रमिक र ११५ करोड भारु प्रायोजन सम्झौता समावेश छ । सिड्नीले प्रस्ताव स्वीकार गरिन् वा गरिनन् भन्ने कुरा यकिन भैसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाले यो खबर प्रसारण गरिरहेका छन् ।

यो फिल्म सबैभन्दा महँगो भारतीय फिल्म हुने दावी गरिएको छ । सिड्नीले यसमा एक अमेरिकी स्टारको भूमिका निर्वाह गर्नेछिन् जो एक भारतीय सेलिब्रेटीसँगको प्रेममा पर्छिन् ।

छायांकन सन् २०२६ मा सुरु हुने बताइएको छ । यो फिल्मलाई लन्डन, दुबई, न्यूयोर्क र पेरिसमा छायांकन गरिने जनाइएको छ ।

सिड्नी अमेरिकी अभिनेत्री हुन् । उनको पूरा नाम सिड्नी बर्निस स्वीनी हो । सेप्टेम्बर १२, १९९७ मा जन्मिएकी उनी २८ वर्षकी भइन् । उनी ‘एभ्रिथिङ सक्स’, ‘द ह्यान्डमेड्स टेल’ र ‘सार्र्प अब्जेक्ट्स’का लागि परिचित छिन् । उनले सिरिज ‘युफोरिया’बाट प्रसिद्धी प्राप्त गरिन् ।

सन् २०१९ मा, उनी ‘वन्स अपन अ टाइम इन हलिउड’मा देखा परिन् । त्यसपछि उनी ‘एनीवन बट यु’मा देखिइन् । सन् २०२४ मा, उनी सुपरहिरो फिल्म “म्याडम वेब“ मा देखा परिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?