+
+
Shares

झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन्।
  • चित्रकारको बायाँ हात काटिएको अस्पताल स्रोतले अनलाइनखबरलाई बताएको छ।
  • उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको अस्पताल स्रोतले खुलाएको छ।

२ असोज, काठमाडौं । गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोतका अनुसार, शल्यक्रियाका क्रममा उनको बायाँ हात काटिएको हो । पारिवारिक स्रोतले पनि उनको हात काट्न परेको जानकारी दिएको छ ।

‘बायाँ हातबाटै एन्टिबायोटिक चलाइएको थियो । उपचारका क्रममा उक्त हात काट्नुपर्ने चिकित्सको सल्लाह अनुसार हात काटिएको हो,’ पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो ।

उनलाई शल्यक्रियापछि अहिले वार्डमा सारिएको छ ।

‘उहाँको स्वास्थ्य अवस्था अहिले ठिक छ , सुधारोन्मुख हुँदै गएको छ,’ अस्पताल स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?