+
+
Shares

शुक्रबार एनसेलको तीन घण्टा सेवा अवरुद्ध हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १८:४६

२ असोज, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको भोलि (शुक्रबार) बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ ।

एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने बताएको हो ।

सो अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जानकारी एनसेलले गराएको छ ।

एनसेलले आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताएको छ । ‘यस सुधार कार्यका दौरान पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं,’ एनसेलले सूचना जारी गर्दै भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?