+
+
Shares

नेताहरूलाई रचना खड्काको प्रश्न– जेनजी विद्रोह र वाईसीएल उपद्रव एउटै हो र ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १९:१०

२ असोज, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले जेनजी विद्रोहपछि उत्पन्न परिस्थितिलाई लिएर पार्टीपंक्तिबीच केही महत्त्वपूर्ण प्रश्नहरू उठाएकी छन् ।

सामाजिक सञ्जाल मार्फत् खड्काले जेनजी विद्रोहबारे पार्टीको बुझाइप्रति मुख्य प्रश्न गरेकी छन् । ‘अहिलेको अवस्था हिजो वाइसीएलको उपद्रवको प्रतिकार गरे जस्तै हो र ? केही पात्रहरु किन त्यस्तै सुनिन्छन् ? आम जनताले हामीलाई कसरी बुझिरहेको छ ?  र त्यसले जनमत कसरी प्रभावित हुन्छ बुझ्नु भएको छ ?’, खड्काले प्रश्न गरेकी छन् ।

उनले पार्टी बैठक राख्न माग गरेकी छन् । ‘बैठक बसौं र औपचारिक छलफल गरौं । सामुहिक निष्कर्ष निकालौ, एकताबद्ध र राजनीतिक ढङ्गले चुनौतीहरूको सामाना गरौं’ उनको आग्रह छ, ‘पार्टीको रक्षाको नाममा देखिने सबैखाले अराजकतालाई निरुत्साहित गरौं ।’

नेता कमरेडहरू

अहिलेको अबस्था हिजो वाइसिएल उपद्रवको प्रतिकार गरे जस्तै हो र केही पात्रहरु किन त्यस्तै सुनिन्छन् आम जनताले हामीलाई कसरी बुझिरहेको छ र त्यसले जनमत कसरी प्रभावित हुन्छ बुझ्नुभएको छ ?

२३ गतेको जेनजी पुस्ताको आन्दोलन र बलिदानीको सन्देश के हो भन्ने निर्क्योल गरी ग्रहण गर्नु जरुरी छैन र ?

आज सार्वजनिक रुपमा एमाले कस्तो सुनिँदैछ भनेर एमालेप्रति सुभेच्छा राख्ने तर खबरदारी गरिरहने २/४ जना मात्रैलाई पनि सोध्नु भएको छ ?

यो आन्दोलनमा कुनै न कुनै रुपमा सहभागी जेन-जी पुस्ताका प्रतिनिधिलाई पूरै १ घण्टा सुन्नु भएको छ हामीप्रती उहाँहरूको अपेक्षा के हो भनेर ?

यहाँहरूलाई अझै यो परिस्थिति र यहाँ पुग्नुका कारणबारे निर्मम समीक्षा गर्नुपर्छ र गल्ती कमजोरीहरूलाई स्वीकार गर्दै जनतासामु आत्मालोचना गर्नुपर्छ भन्ने लाग्दैन ?

नीतिनेतृत्व र कार्यशैलीको निर्मम समीक्षासार्थक बहस र निष्कर्ष बिना पार्टी अगाडि जान सक्छ भन्ने लाग्छ र ?

यस्ता धेरै विषयहरू छन छलफल गर्नुपर्ने । बैठक बसौं र औपचारिक छलफल गरौं । सामूहिक निष्कर्ष निकालौंएकताबद्ध र राजनीतिक ढङ्गले चुनौतीहरूको सामाना गरौं । पार्टीको रक्षाको नाममा देखिने सबैखाले अराजकतालाई निरुत्साहित गरौं ।

हिंसाले एमालेलाई हिजो पनि कमजोर बनाएनफेरि पनि बनाउने छैन । हिंसाविरुद्ध हामी राजनीतिक रुपमै जुध्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?