+
+
Shares

‘नेपोबेबी ट्रेन्डबारे श्रृंखला : आफ्नै कमाइले हार्वर्ड पढेकी हुँ, सार्वजनिक गरिन् आयब्ययको कागजपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल श्रृंखला खतिवडाले नेपो-बेबी ट्रेन्ड र अनफलो अभियानबारे सामाजिक सञ्जालमा धारणा राख्दै आफूमाथि लागेको आरोप खण्डन गरेकी छन्।
  • श्रृंखलाले आफूले हार्वर्डमा अध्ययनका लागि ९६ लाख रुपैयाँ आफैं कमाएको र कुनै भ्रष्टाचारमा संलग्न नभएको बताएकी छन्।
  • उनले सबै ब्रान्ड सम्झौताको कागजात गुगल ड्राइभमा सार्वजनिक गरी आरोप षड्यन्त्र भएको र प्रमाण नभएको उल्लेख गरेकी छन्।

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले ‘नेपो-बेबी ट्रेन्ड’ र इन्स्टाग्राममा चलेको ‘अनफलो अभियान’बारे सामाजिक सञ्जालमा खुलेर धारणा राखेकी छन् ।

दुईवटा लामा इन्स्टाग्राम भिडियोमार्फत उनले आफूमाथि लागेको आरोपको खण्डन प्रयास गरेकी छन् ।

भ्रष्टाचारविरोधी जेनजीले उठाएको आवाज मान्य रहेको बताउँदै श्रृंखलाले मिस नेपाल हुनुपूर्व आफ्नो जीवनमा कुनै विलासी क्षण नरहेको बताएकी छन् ।

‘करप्सनविरुद्ध जनताको आवाज मान्य हो । संयोगवश म त्यो भिडियोको प्रमुख पात्र बन्न पुगेँ’ नेपो–बेबी ट्रेन्डबारे उनले भनेकी छन्, ‘मिस नेपाल हुनुपूर्व मेरो जीवनमा कुनै किसिमको लक्जरी थिएन । सिम्पल लाइफ बाँचिरहेकै केटी थिएँ म ।’

उनले आफ्नो अध्ययन, खानपान र गतिविधिका सबै भिडियो र फोटो इन्स्टाग्राममा खुला रहेको बताएकी छन् । ‘मैले पढेका स्कुलहरु, लवाइ खुवाइ सबै अहिले पनि इन्स्टाग्राममा ओपन छ । कुनै पनि हिसाबको विशेषाधिकार सोच ममा थियो भन्ने लाग्दैन’ उनले भनिन् ।

मिस नेपाल भएपछि मात्र आफूले संसार घुमेको र संसार बुझ्ने मौका पाएको उनले बताएकी छन् ।

उनले आफूहरूको घर रहेको र भाडा तिर्ने चिन्ता नरहेको खुलाएकी छन् । ‘म के स्वीकार्छु भने, हामीसँग एउटा घर थियो । भाडा तिर्नुपर्छ भन्ने चिन्ता कहिल्यै भएन, न हेटौडामा न काठमाडौंमा । बाबआमाले पुख्र्यौली सम्पत्ति बेचेर भएपछि दाई र मलाई उत्कृष्ट शिक्षा दिनुभयो ।’

श्रृंखलाले सार्वजनिक गरेको आयब्यय र सम्झौताको कागजपत्रको गुगलड्राइभ लिंक

उनले जनताले तिरेको करको पैसाबाट होइन, आफूले नै कमाएको पैसाले हार्वर्डमा अध्ययन गरेको र डिग्री लिएको बताएकी छन् । हार्वर्ड अध्ययनमा मात्र ९६ लाख रुपैयाँ आफूले आफ्नै कमाइबाट तिरेको उनले बताएकी छन् ।

‘नेताकै छोरी भएकोले अवसर पायो भन्ने सहि होइन । हावर्डको डिग्री मैले आफै फन्ड गरेको हो । ट्युसन ७६ हजार डलर थियो । कूल ९६ लाख रुपैयाँ मैले नेपालबाटै ट्रान्सफर गरेकी छु’ उनले भनिन् ।

एउटा इन्स्टाग्राममा पोस्ट गरेबापत आफूले साढे ३ लाख रुपैयाँ लिने गरेको बताउँदै श्रृंखलाले ब्रान्ड इन्डोर्सबाट आफूले निकै राम्रो पैसा कमाउने गरेको बताएकी छन् ।

‘कहिल्यै पनि दुःख महसुस भएन । यो हिसाबले मैले प्रिभ्लेजेन्ड महसुस गरेँ । जुन हिसाबले भिडियोमा म घुमेको भिडियो आयो । मेरो सफलताको सबै श्रेय मेरो बुवाले नै दिनुभएको हो’ उनले भनिन् ।

उनले कर तिरेको पैसाले मोजमस्ती गरेको भन्ने आरोपलाई गलत रहेको बताइन् ।

उनी भिडियोमा भावुक सुनिएकी छन् । ‘यो जेनजी आन्दोलनले म कोलाट्रल ड्यामेज भएकी छु । हुन दिनु । अगाडि आएर आन्दोलनमा समर्थन गर्ने व्यक्ति थिएँ म तर, खलपात्रको रुपमा भएपनि मैले केही सपोर्ट गर्न सकेछु भने राम्रै होला’ उनले भनिन् ।

नेपोबेबी ट्रेन्डसँग लड्ने आफ्नो क्षमता कम भैरहेको बताउँदै उनले भनिन्, ‘म फाइट ब्याक गर्न चाहन्थेँ किनभने मेरो सम्पूर्ण जीवनको न्यारेटिभ त्यो २ दिनको टेन्डले चेन्ज गदै थियो’ उनले भनिन् ।

उनले भिडियोमा पटक–पटक आफू खुला किताब जस्तै रहेको बताएकी छन् । ‘मलाई जतिसुकै आफ्नो जीवन खुला किताब लागेपछि, पाना पल्टाउँदै जाँदा त्यो सकेर मान्छेले नयाँ पुस्तक पढ्दा मान्छेले पुराना कुरा बिर्सने रहेछन्’ उनी सुनिइन् ।

आफूले आफूलाई परिभाषित गर्न नसके, अरुले गरिदिने खतरा हुने उनले बताएकी छन् । ‘मसँग सत्यको साथ रहेछ भन्ने लाग्थ्यो । आफूले आफूलाई डिफाइन गरेन भने अरुले न्यारेटिभ सेट गर्ने रहेछन् । यो ठूलो पाठ भयो मेरो लागि । म आफ्नो भाष्य आफै बनाउँदैछु’ उनी भन्छिन् ।

उनी अघि भन्छिन्, ‘भविष्यका मेरा छोराछोरीले तिम्रो आमा भ्रष्टाचारी थियो भन्ने सुन्न नपारोस् । मेरो बाबाले नखाएको सुत्केरी भत्ताको ट्याग मलाई पनि अउाँछ, मेरो दाईलाई पनि आउँछ ।’

उनले प्रष्टीकरणको भिडियो आफ्नो सम्मानको लागि बनाएको बताएकी छन् । साथै, इन्स्टाग्राममा अनफलो अभियान चल्दा पनि आफूलाई साथ दिनेलाई धन्यवाद दिएकी छन् ।

उनले पटक पटक भ्रष्टाचारको पैसा प्रयोग नगरेको बताएकी छन् । इन्स्टाग्रामको लिंकमा श्रृंखलाले विभिन्न ब्रान्ड र कार्यक्रमसँग भएका सबै सम्झौताको पीडीएफ फाइल गुगल ड्राइभमार्फत सार्वजनिक गरेकी छन् ।

उनले आफूमाथि लगाएका आरोप बोक्सीको आरोपभन्दा कम नरहेको बताएकी छन् । आफूमाथिका आरोप षड्यन्त्र भएको र प्रमाण नरहेको उनको भनाई छ ।

प्रुफ कहाँ छ ? उनको प्रश्न छ ।

मिस वल्र्डको ब्युटी विथ पर्पसबाट ५० हजार डलर खाएर भागेको भन्ने आरोपलाई पनि श्रृंखलाले गलत रहेको बताएकी छन् । उनले डोनरको विवरणको लिंक पनि गुगल ड्राइभ लिंकमा राखेकी छन् ।

 

View this post on Instagram

 

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_)

 

View this post on Instagram

 

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?