+
+
Shares

संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे

संविधानको रक्षा गर्ने चुनौती छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ७:०९

३ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उनको भनाइ छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले सो धारणा सार्वजनिक गरेका हुन् ।

संविधान घोषणाको एक दशक पुग्न १० दिन बाँकी रहँदा नै गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उनले उल्लेख गरेका छन् ।

भ्रष्टाचार र कुशासन अन्त्यको माग अघि सारेका निर्दोष युवाहरूको विरोधलाई देखाएर देशमा असामान्य स्थिति सृजना गरिएको भन्दै उनले जननिर्वाचित सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने कार्य गैरसंवैधानिक भएको उल्लेख समेत गरेका छन् ।

विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसदमार्फत नै पुनर्स्थापित गरेको स्मरण गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्रमात्र हुनेतर्फ ध्यानाकर्षण पनि गराएका छन् ।

संविधानको रक्षा गर्ने चुनौती छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

यसैगरी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह पनि गरेका छन् ।

अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?