News Summary
Generated by OK AI. Editorially reviewed.- कुशल देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बिहीबार भियतनामसँगको खेलमा दोस्रो हाफको ८५औं मिनेटमा डेब्यू गरेका छन्।
- नेपालले भियतनामसँगको खेलमा ३-१ ले पराजित भएको छ र सनिश श्रेष्ठले पहिलो हाफको १७औं मिनेटमा नेपालका लागि पहिलो गोल गरेका छन्।
- नेपालले भियतनामसँग अर्को खेल १४ अक्टोबरमा खेल्नेछ।
२४ असोज, काठमाडौं । कुशल देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यू गरेका छन् । उनले बिहीबार भियतनामसँगको खेलमा दोस्रो हाफको ८५औं मिने६मा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् ।
खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको थियो । देउवाले डेब्यू गर्न पाउँदा खुसी लागेको भएपनि टिमको हारले निराश भएको बताए ।
त्यस्तै सनिश श्रेष्ठले नेपालका लागि आफ्नो पहिलो गोल समेत गरे । पहिलो हाफको १७औं मिनेटमा उनले नेपालका लागि बराबरी गोल गरेका थिए ।
सनिश श्रेष्ठ यसअघि बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा भने टोलीमा समावेश थिएनन् ।
नेपालले भियतनामसँग अर्को खेल १४ अक्टोबरमा खेल्नेछ ।
प्रतिक्रिया 4