+

पूजा र रुबिनासहित ६ खेलाडीले मलेसियामा इन्टरस्टेट टी-२० खेल्ने

२०८२ असोज  २४ गते १३:२० २०८२ असोज २४ गते १३:२०
पूजा र रुबिनासहित ६ खेलाडीले मलेसियामा इन्टरस्टेट टी-२० खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमसीए वुमन्स इन्टरस्टेट टी-२० च्याम्पियनसिपमा नेपालका ६ जना खेलाडी सहभागी हुने भएका छन्।
  • सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुवँरले उक्त प्रतियोगितामा खेल्नेछन्।
  • सीता, कविता जोशी र राजमतीले सेलाङ्गर क्रिकेट एसोसिएसनका लागि खेल्नेछन् भने रुबिना, पूजा र कविता कुवँरले सरावक क्रिकेट एसोसिएसनका लागि खेल्नेछन्।

२४ असोज, काठमाडौं । मलेसियन क्रिकेट संघको आयोजनामा यही अक्टोबर १८ देखि २८ सम्म क्वालालम्पुरमा हुने एमसीए वुमन्स इन्टरस्टेट टी-२० च्याम्पियनसिपमा नेपालका ६ जना खेलाडी सहभागी हुने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुवँरले उक्त प्रतियोगितामा खेल्ने भएका हुन् ।

सीता, कविता जोशी र राजमतीले सेलाङ्गर क्रिकेट एसोसिएसनका तर्फबाट खेल्नेछन् भने रुबिना, पूजा र कविता कुवँरले  सरावक क्रिकेट एसोसिएसनका लागि खेल्नेछन्।

नेपाली महिला टोलीले यसअघि मलेसियामै सुपर वुमन सिरिजमा पनि सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा सबै खेलाडीले ५ फरक फरक टिमबाट खेलेका थिए ।

त्यसपछि मलेसियासँग ५ खेलको टी-२०आई शृंखला खेलेको महिला टोलीले शृंखला ३-२ ले जितेको थियो ।

नेपाली महिला क्रिकेट टोली नेपाली महिला क्रिकेटर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय