+
+
Shares

प्रचण्डको प्रस्ताव- वर्तमान संविधानले काम गर्दैन, परिमार्जन गरौं

‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन/परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १४:०७

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।

‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन/परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’

साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए ।

‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।

जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?