+
+
Shares

देउवाको विकल्प खोज्ने बेला भएको छैन : सिटौला

उनले भने, ‘संसद पुर्नस्थापनाका लागि उहाँको पहिले जस्तो बोली थिएन । आज अलिकति भाषा अलि नरम थियो ।’ सिटौलाले चुनाव सहजै हुने अवस्था नरहेको बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन्।
  • सिटौलाले पार्टी पुनर्गठन गरी नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने विचार राख्दै अहिले सभापतिको विकल्प खोज्नु बेठीक हुने बताए।
  • सभापति देउवाको पक्षमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र कार्यसम्पादन समिति सदस्य उमा रेग्मीले पनि विचार राखेका छन्।

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शीर्ष नेताहरूको दोस्रो दिनको बैठकमा बोल्ने क्रममा सिटौलाले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताले सिटौला सभापति देउवालाई पदमुक्त गर्ने पक्षमा नदेखिएको बताए । सिटौलाको बोली उद्धृत गर्दै ती नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’

पार्टी पुर्नगठन गरी नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार आइरहेको बेला सिटौलाले खुलेर सभापति देउवाको पक्षमा धारणा राखेका हुन् ।

देउवाको विकल्प खोज्ने नेताहरुलाई सिटौलाको प्रश्न थियो, ‘अस्तिसम्म शेरबहादुर देउवा ठीक अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँको छोड्नु पर्ने भन्ने किन ?’

संसद्‌ पुनर्स्थापनाको पक्षमा देखिएका सिटौलाले आजको बैठकमा त्यस विषयमा भने अलि नरम बोली राखेको सहभागी नेताले जानकारी गराए ।

उनले भने, ‘संसद पुर्नस्थापनाका लागि उहाँको पहिले जस्तो बोली थिएन । आज अलिकति भाषा अलि नरम थियो ।’ सिटौलाले चुनाव सहजै हुने अवस्था नरहेको बताएका थिए ।

बैठकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि सभापतिको पक्षमा विचार राखेका थिए ।

आजको बैठकमा कार्यसम्पादन समितिका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको थियो । कार्यसम्पादन समिति सदस्य उमा रेग्मीले चितवनमा गाउँगाउँका कार्यकर्तासँग कुराकानी गरेको बताउँदै नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने बताएकी थिइन् । उनी पार्टी सभापति देउवा पक्षीय हुन् ।

उनले बैठकमा भनिन्, ‘चितवनबाट गाउँगाउँको कुरा सुनेर आएकी छु । सबैले पार्टीमा परिवर्तन चाहेका छन् । नियमित हुन सक्दैन भने विशेष महाधिवशेन गर्नुपर्दछ ।’ विधानमै भएको व्यवस्था बमोजिम महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेको कसरी बेठीक हुन्छ भनेर उनले प्रतिवाद गरेकी थिइन् ।

नेता बलबहादुर केसीले तत्काल महाधिवशेनको सम्भावना नरहेको बताएका थिए । नियमित महाधिवशेन गर्नका लागि समय अभाव रहेको र विशेष महाधिवशेन हुन नसक्ने केसीको भनाइ थियो ।

हिजोदेखि सुरु भएको शीर्ष नेताको बैठक शनिबार पनि बस्ने भएको छ । बैठकमा सभापति देउवा भने अनुपस्थित छन् । बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?