+
+
Shares

एटीएमबाट झिक्न पाउने रकमकाे सीमा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको छ।
  • अब एटीएमबाट प्रति कारोबार २० हजार, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्र झिक्न पाइनेछ।
  • क्रेडिट कार्डको सीमा र प्रिपेड कार्डको सीमा यथावत राखिएको बैंकले जनाएको छ।

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा यथावत राखेको छ ।

त्यसैगरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन नभएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा समेत यथावत राखेको केन्द्रीय बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?