
२४ असोज, जेरुसेलम । इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ ।
यो सूचीमा रिहाइको लागि हमासले माग गरेका धेरै वरिष्ठ प्यालेस्टिनी लडाकू नेताहरूको नाम समावेश गरिएको छैन ।
इजरायली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका प्यालेस्टिनी नेताहरू मारवान बरघोटी, अहमद सादत, हसन सलामेह र अब्बास अल–सैयद हुन् तर यो सूचीमा उनीहरूको नाम समावेश छैन ।
हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरूले कहिलेकाहीँ ‘प्यालेस्टिनी मन्डेला’ भनेर वर्णन गर्नेगरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम र बन्धक बन्दी साटासाट सम्झौतामा सहमति भएपछि रिहाइका लागि बन्धकहको नाम सार्वजनिक गर्न थालिएको हो।
योजना अनुसार इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमणपछि युद्ध सुरु भएदेखि विभिन्न जेलमा रहेका २५० कैदीसहित र लगभग एक हजार ७०० गाजावासीहरूलाई रिहा गर्नेछ।
बदलामा हमासले दुई वर्षअघि आक्रमणका क्रममा अपहरित २५१ मध्ये ४७ जना बन्धकलाई हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4