
२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भोलि बिहान ९ बजे जेनजी प्रतिनिधिहरूसँग छलफल राखिएको छ । यो छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी हुनेछन् ।
सरकार प्रवक्ता जगदिश खरेलले जेनजीका प्रतिनिधिहरूसँगको छलफलमा सरकारको पनि सहभागिता रहने बताएका छन् । राष्ट्रपति पौडेलले आज दलका प्रतिनिधिहरू र प्रधानमन्त्री समेतलाई राखेर छलफल गरेका छन् ।
यो छलफलमा राष्ट्रपति पौडेलले दलहरूलाई चुनावमा केन्द्रीत हुन आग्रह गरेका छन् । आजको छलफलले दलहरू र सरकारबीचको संवादहीनतालाई पनि तोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4