+
+
Shares

राष्ट्रपति पौडेलले बोलाएको बैठकमा राप्रपाले राख्यो ८ एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते २०:१६

२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठ बुँदे विषयहरू प्रस्तुत गरिएको छ ।

बैठकामा सहभागी राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बलियो नेतृत्व र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहसको थालनी र संवैधानिक सुधार गर्नुपर्ने विचार राखेका छन् । राज्यको खर्च कटौती र छिटो सेवा प्रवाहका लागि प्रदेश संरचना खारेज गर्नुपर्ने तर्क शाहीले राखेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि गैरदलीय हुनुपर्ने विषय शाहीले उठाएका थिए । संवैधानिक निकायहरूको निष्पक्षता र मर्यादा कायम गर्न राजनीतिक प्रभावमुक्त, योग्यताका आधारमा  नियुक्ति गर्ने प्रणालीको विकास गर्नुपर्ने शाहीले सर्वदलीय बैठकमा बताए । राप्रपा प्रवक्ता शाहीले राजसंस्थाको पक्षमा विचार राखेका थिए । विभिन्न विचार र वर्गलाई जोड्दै राष्ट्रिय एकता र सद्भाव प्रवर्द्धन गर्न राजसंस्थाको आवश्यकता रहेको उनको विचार थियो ।

भ्रष्टाचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी कानुन निर्माण गर्नुपर्ने शाहीको तर्क थियो । शाहीले प्रतिनिधि सभाको उम्मेदवार बन्न न्यूनतम उमेर २५ वर्षबाट घटाएर १८ वर्ष कायम गर्नुपर्ने विचार राखे । नेपालभित्र र  बाहिर रहेर निर्वाचनबाट वञ्चितका लागि अनलाइन प्रणालीबाट विश्वसनीय विधि अवलम्बन गर्नुपर्ने शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?