+
+
Shares

दलहरूलाई प्रधानमन्त्रीको सन्देश- चुनावमा सहभागी नभए विषम परिस्थिति आउँछ

‘तपाईंहरू सहभागी हुनु भएन भने कसरी चुनाव हुन्छ ? अनि घोषित मितिमा चुनाव नभए विषम परिस्थिति आउँछ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै  छलफलमा सहभागी एक नेताले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते २०:५७

२४  असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनाव नभए विषम परिस्थिति आउने भन्दै राजनीतिक दलहरूलाई चुनावमा भाग लिन अनुरोध गरेकी छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिको अग्रसरतमा भएको सर्वदलीय बैठकमा बसेकी कार्कीले घोषित मितिमा चुनाव नहुँदाको स्थिति आंकलन गर्ने अनुरोध गरेकी छन् ।

‘तपाईंहरू सहभागी हुनु भएन भने कसरी चुनाव हुन्छ ? अनि घोषित मितिमा चुनाव नभए विषम परिस्थिति आउँछ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै  छलफलमा सहभागी एक नेताले भने, ‘अहिले हामी अप्ठेरो परिस्थितिमा छौं । यो अवस्थामा हामी  चुनाव गराएर निर्वाचित सरकार हस्तान्तरण गर्न चाहन्छौं, चुनावका लागि सहयो गर्नुहोस् ।’

तर दलका अधिकांश नेताहरूले चुनावको लागि तयार हुनुपर्ने न्यूनतम वातावरण समेत तय नभएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न गरे ।

बैठकमा सहभागी नेताहरुका अनुसार विशेषगरी नेता र राजनीतिक दलहरुले आफ्ना राजनीतिक गतिविधि नै गर्न नपाउने र नसक्ने अवस्था रहेको ब्रिफिङ गरेका थिए ।

नेताहरु आफैं शान्तिपूर्ण रुपमा हिँडडुल समेत डर मान्नुपर्ने अवस्थामा चुनावको वातावरण कसरी बन्छ भन्दै नेताहरूले प्रश्न गरेका थिए ।

निर्वाचन स्वतन्त्र रुपमा गर्ने भन्ने तर चुनावको कार्यतालिका बनाइसक्दा समेत दलहरूसँग सोधखोज नगर्ने  भन्दै दलका नेताहरुले गुनासो गरेका थिए ।

चुनावको मुख्य सर्त नै शान्ति सुरक्षा भएको तर प्रहरीको हालत कुन अवस्थामा रहेको छ भन्दै उनीहरुले गृहमन्त्री र  प्रधानमन्त्रीलाई नै प्रश्न गरे । बर्दी र हतियार लुटिएका प्रहरी,  जेलबाट भागेका अपराधीलाई फिर्ता ल्याउने लगायतका काम भएर प्रहरीको मनोबल नबढ्दा सम्म चुनावको शान्तिसुरक्षा सुनिश्चित नहुने उनीहरूको धारणा थियो ।

राजनीति दलका नेताहरूलाई मुद्दा लगायत पक्रने भन्ने विषय आइरहेको छ । यसले सरकारको ध्यान चुनावमा हो कि अन्यत्र भन्ने स्पष्ट नभएको उल्लेख गरे ।

‘मन्त्रीहरूका अभिव्यक्ति नेताहरुलाई चेतावनी दिने खालका छन् यस्ता गतिविधिले चुनाव हुन्छ ?’, बैठकमा प्रश्न उठेको थियो ।

सुरक्षाको विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले चुनावका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

नेताहरूविरुद्धको जाहेरीको सम्बन्धमा गृहमन्त्री ओम प्रकाश अर्यालले घटनाको छानबिन आयोगबाट भइरहेको तर पीडितहरूलाई आफ्नो उजुरी दिने पाउने अधिकार प्रयोग गर्न भने रोक्न नसकिने जवाफ दिएका थिए ।

सुरक्षाको विषयमा दलहरूले धेरै प्रश्न उठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र गृहमन्त्रीलाई स्थिति सामान्यीकरण गर्नतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?