+
+
Shares

दलहरूले निर्वाचनमा भाग लिन्नौं भनेका छैनन् : सञ्चारमन्त्री खरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते २२:३९

२४ असोज, काडमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरूका महत्त्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए ।

निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताउँदै उनले सुरक्षा निकायहरूले पनि सुरक्षाकर्मीको मनाबेल नघटेको बताएको जानकारी दिए ।

सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको उनको भनाइ थियो ।

देश, जनता र राजनीतिक दल र जेन जीको साथ सबै निर्वाचनको बाटोमाअघि बढेको उनले बताए ।

‘आजको छलफल निर्वाचन केन्द्रित भयो, सम्माननीय राष्ट्रपतिले फागुन २१ गते निर्वाचनको तयारी के–कसरी भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूलाई सोध्नुभयो । चुनाव तोकिएकै समयमा गर्नुपर्छ भन्ने उहाँको मत रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?