+
+
Shares

संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:४६
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद् पुनर्स्थापनाको विपक्षमा उभिएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ संसद् पुनर्स्थापनाको माग गर्नु भनेको जेनजी विद्रोहको अपमान गर्नु भएको बताउँछन् ।

आज सभामुख देवराज घिमिरेले आयोजना गरेको बैठकमा पनि राप्रपाले यही अडान राख्ने श्रेष्ठले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘फेरि पनि कुनै कोणबाट विघटित संसद् पुनर्स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहनाविपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दुष्कर्ममा कोही नलागुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?