
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सुकेको प्याज र आलुको भाउमा गिरावट आएको जनाएको छ।
- बुधबार प्याजको भाउ औसतमा प्रतिकिलो २ रुपैयाँ र आलुको भाउ औसतमा २ देखि ३ रुपैयाँ घटेको छ।
- बुधबार रातो आलुको भाउ न्यूनतम ३४ देखि अधिकतम ३६ र मुडेको आलुको भाउ न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भइरहेको छ।
२९ असोज, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याज र आलुको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको मूल्यसूचीले सुकेको प्याज र आलुको भाउमा गिरावट देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज बुधबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३२ देखि अधिकतम ३५ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३३ रुपैयाँ कायम छ ।
हिजो मंगलबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबारको तुलनामा बुधबार प्याजको भाउ औसतमा प्रतिकिलो २ रुपैयाँ घटेको छ ।
यस्तै बुधबार आलुको भाउ प्रतिकिलो थोकमा औसत २ देखि ३ रुपैयाँ घटेको छ । मंगलबार रातो आलु भारतीय प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ र औसत ३७ रुपैयाँमा किनबेच भएकामा आज बुधबार न्यूनतम ३४ देखि अधिकतम ३६ र औसत ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै मुडेको आलु रातोको पनि भाउ घटेर आज प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४७ र औसत ४६ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आलु र प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ । आलु र प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया 4