+
+
Shares

टाइम म्यागजिनको कभर फोटोमा कपाल नदेखिएपछि रिसाए ट्रम्प

यसअघि पनि ट्रम्प टाइम पत्रिकासँग रिसाएका थिए । सन् २०१३ मा जब पोप फ्रान्सिस टाइम पत्रिकाको कभरमा आउँदा ट्रम्प रिसाएका थिए। उनले भनेका थिए, ‘यो पत्रिका मजाक हो र खराब स्टन्ट गर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम म्यागजिनको कभरमा आफ्नो तस्वीरलाई अहिलेसम्मको सबैभन्दा खराब तस्वीर भनेका छन्।
  • ट्रम्पले तस्वीरमा आफ्नो कपाल गायब भएको र टाउकोमाथि सानो ताजजस्तो वस्तु राखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे।
  • टाइम पत्रिकाले ट्रम्पको मध्यपूर्वमा इजरायल-हमास युद्ध रोक्ने प्रयासलाई उनको दोस्रो कार्यकालको ठूलो उपलब्धि भनेको छ।

२९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तस्वीर टाइम म्यागजिनको कभरमा आएपछि रिसाएका छन् । उनले यसलाई ‘अहिलेसम्मको सबैभन्दा खराब तस्वीर’ भनेका छन् ।

ट्रम्पले सोमबार आफ्नो असन्तुष्टि ट्रुथ सोसलमा सार्वजनिक गर्दै भने, ‘टाइम पत्रिकाले मेरो बारेमा राम्रो लेख लेख्यो, तर सबैभन्दा खराब तस्वीर छाप्यो ।’

ट्रम्पले थपे, ‘तस्वीरमा मेरो कपाल ‘गायब’ गरिएका छन् र टाउकोमाथि एउटा तैरिरहेको अजीब वस्तु राखिएको छ, जुन सानो ताजजस्तो देखिन्छ। यो धेरै अजीब छ ।’

उनले अगाडि भने, ‘मलाई तलको एंगलबाट फोटो खिच्न कहिल्यै मन पर्दैन । यो तस्वीर धेरै खराब छ र यो कुरा भन्न जरुरी छ ताकि उनीहरूले थाहा पाऊन् कि उनीहरूले के गरिरहेका छन् ।’

तस्वीरमा के छ ?

टाइम पत्रिकाको कभरमा राष्ट्रपति ट्रम्प आत्मविश्वासका साथ अगाडि हेरिरहेका देखिन्छन् र शीर्षक छ- उनको विजय । यो स्टोरी एरिक कोर्टलेसाले लेखेका हुन् । यसमा मध्यपूर्वमा ट्रम्पको जित देखाइएको छ ।

टाइमले लेखेको छ :

ट्रम्पको विश्वास सधैं ‘द आर्ट अफ द डिल’ (सम्झौताकलाको कला) मार्फत कुनै पनि समस्या समाधान गर्न सकिन्छ भन्नेमा रहँदै आएको छ । सन् १९८७ मा उनले यही नामको पुस्तक पनि लेखेका थिए ।

ट्रम्पलाई पक्का विश्वास छ- जस्तोसुकै जटिल समस्या किन नहोस्, वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ। उनले यो विधि व्यवसायदेखि राजनीतिसम्म प्रयोग गरेका छन् ।

त्यसैले जब उनले आफ्नो दोस्रो कार्यकालका कठिन विषयमध्ये एक- इजरायल र हमास बीचको गाजा युद्ध रोक्ने प्रयास गरे । उनले कुनै कूटनीतिज्ञ वा जनरललाई प्रयोग गरेनन् ।

यो इजराइल–हमास सम्झौता ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक बन्न सक्छ। यो मध्यपूर्वका लागि पनि निर्णायक परिवर्तन हुन सक्छ ।

यसअघि पनि ट्रम्प टाइम पत्रिकासँग रिसाएका थिए । सन् २०१३ मा जब पोप फ्रान्सिस टाइम पत्रिकाको कभरमा आउँदा ट्रम्प रिसाएका थिए। उनले भनेका थिए, ‘यो पत्रिका मजाक हो र खराब स्टन्ट गर्छ ।’

ट्रम्पले टाइम पनि न्यूजविक जस्तै बन्द हुने भविष्यवाणी गरेका थिए । तर सन् २०१६ मा उनी वर्षव्यक्ति बनेपछि भने उनले खुसी व्यक्त गर्दै भनेका थिए,’यो मेरो लागि सम्मान हो। म टाइम पत्रिका पढ्दै हुर्केको हुँ, यो निकै महत्वपूर्ण पत्रिका हो ।’

ट्रम्प ४७ पटक टाइम पत्रिकाको कभरमा देखिइसकेका छन्। आफ्नो तस्वीर देखेर यसअघि पनि उनी रिसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?