
२९ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर मुलुक प्रतिगमनतर्फ लगिएको आरोप लगाएका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अहिलेको सरकार पनि अवैध रहेको बताए ।
‘आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ । चुनाव हुनेवाला छैन,’ उनले भने, ‘सरकारले चुनाव गराउने बाटोमा छैन । यो अवैध सरकार हो ।’
उनले पूर्वप्रधानन्यायाधीशले के गर्न हुन्छ, के गुर्न हुँदैन भन्ने संविधानमा नै उल्लेख रहेको बताए ।
‘असंवैधानिक ढंगले संसद् विघटन गर्न पाइँदैन भन्नेहरू आफैंले संसद् विघटन गर्नुभयो । त्यसले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4