+
+
Shares

प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्‍यो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते ११:०६

३० असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो ।

यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले अनुसन्धान अघि बढाइएको बताए ।

केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ समेत सुरु गरिएको छ । अहिलेसम्म भने कोही पक्राउ नपरिसकेको प्रहरीले बताएको छ ।

२६ अकाउन्ट बन्दका लागि पत्राचार

प्रधानमन्त्रीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट खोलिएको पाइएको छ । कार्कीको नाममा २६ वटा सामाजिक सञ्जाल अकाउन्ट नक्कली देखिएपछि ती अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ ।

त्यसका लागि ब्यूरोले इमलेमाफर्त सम्बन्धी कम्पनीमा पत्राचार गरेको छ । केही बन्द भइसकेको र केही बन्द हुने प्रक्रियामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?