+
+
Shares

विपिन जोशीका आमा र बहिनी काठमाडौं फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते ११:२९

३० असोज, काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट आज बिहान काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेर अघि कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।

हमासको कब्जामा रहेका विपिनको विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमा पद्मा र बहिनी पुष्पा सुरुमा इजरायल र त्यसपछि अमेरिका गएका थिए

उनीहरु अमेरिकामा रहेकै बेला हमासले विपिनको युद्धमा मृत्यु भएको भन्दै इजरायललाई शव हस्तान्तरण गरेको थियो । हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ ।

विपिनकी आमा र बहिनीलाई अमेरिका/इजरायल र नेपाल आउ–जाउको प्रबन्ध इजरायल सरकारले नै मिलाइदिएको थियो ।

इजरायलको लर्न र एण्ड अर्न कार्यक्रमको सिलसिलामा गाजा क्षेत्रको सिमा नजिकैको किबुत्ज सहरमा गएका १७ नेपाली विद्यार्थीहरु दुई वर्षअघि हमासको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भए पनि विपिनलाई हमासले बन्धक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?