+
+
Shares

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १८:००

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक १ कात्तिक दिउँसो १ बजे पुनः बस्ने छ ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित लगायतले आ-आफ्नो धारणा राखेका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला पनि आ-आफ्नो धारणा राखेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यहरू सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि आ–आफ्नो धारणा राखेको उनले बताए ।

विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेकोले बैठक शनिबार पुनः बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?